आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै, गोदावरी धाममा विहान देखि बर्तालुहरुको भिड

अत्तरिया  : आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ । विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

आज कैलालीको गोदावरी, शिवपुरीधाम लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको लाग्ने गरेको छ । यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

अस्ति आइतबार दर खाई तीज पर्व शुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा, उपासना गरिएको छ । गएको भदौ १० गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यसवर्ष तीज पर्वको रौनक रहेन । आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.