दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु

दार्चुला  : दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ श्रीपुरमा मंगलबार साँझ ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका ४० बर्षीय भोजराज जोशीको मृत्यु भएको स्थानीय दिपक जोशीले बताए ।

घर नजिकै रहेको अर्को गोठमा गाईवस्तुलाई घाँस हाल्न जाँदा जोशीलाई चट्याङ लागेको थियो ।

मृतक जोशीको घरमा श्रीमती, आमा र दुई छोरा रहेका छन् । जोशीको अल्पायुमै निधन भएपछि गाउँ शोकमा डुबेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.