कञ्चनपुरमा लागूऔषध सहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा नियन्त्रित लागूऔषध प्रोक्सिओम–स्पास (PROXIOHM-SPAS) ४०८ ट्याब्लेटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–९, बाउण्ड्रीबाट लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो चेकजाँच गरेको थियो।

भारतबाट नेपालतर्फ आउँदै गरेका भारत उत्तर प्रदेश सन्तलाल आजाद नगर, धोला बिर्सेनपुरी, खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका चन्दमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.