नेपाल प्रहरीको कार्यसम्पादनमा सुदूरपश्चिम पहिलो

अत्तरिया  : नेपाल प्रहरीको प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन रिपोर्ट कार्ड अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ३८६ पूर्णाङ्कमा ३३९.९८ अंक प्राप्त गर्दै ८८.०८ प्रतिशतसहित पहिलो स्थान हासिल गरेको हो ।

कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दोस्रो र कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर चौथो, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पाँचौँ, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा छैटौँ र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत सातौँ स्थानमा छन् ।

भदौ महिनाको मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा सबैभन्दा पछाडि परेको छ । रिपोर्ट कार्डमा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कार्यसम्पादनका आधारमा क्रमशः ‘क’ श्रेणीमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.