टीकापुरमा युवकमाथि खुँडा प्रहार, उपचारका लागि नेपालगञ्ज लगियो

अत्तरिया : कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ । जिल्लाको टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो । खुँडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अवस्था भने खतरामुक्त रहेको छ । खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.