पार्टीलाई विचारविहीन बनाएर एउटै खाल्टोमा पुरिन सहमत छैन : कर्ण थापा

अत्तरिया  : नेकपा एमालेका नेता कर्ण थापाले पार्टीलाई विचारविहीन बनाएर एउटै खाल्टोमा पुरिन आफू सहमत नभएको बताएका छन्। केन्द्रीय समिति बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचारको बहसलाई बन्देज गर्न नपाइने बताए।

उनले भने, ‘यहाँ निर्णय पहिले सुनाउने, अनि औपचारिकताका लागि यसो मान्छेलाई सोधेजस्तो गर्ने, बोल्न दिएजस्तो गर्ने। पार्टीलाई एक ढिक्का बनाउने भन्ने नाममा विचारविहीन बनाएर एउटै खाल्टोमा पुरिन म सहमत छैन।’

मान्छेको विवेकलाई बन्देज लगाउने कुरा लोकतन्त्र विरोधी भएको बताए। उनले थपे, ‘आज पनि मैले भनेँ, विधान महाधिवेशनमा पनि मेरो प्रस्ताव कार्यसूचीमा चढेको थियो। मलाई १० मिनेटको समय दिने भनिएको थियो। उहाँले मलाई दिनुभएन। बोल्न दिनुभएन।’

उनले जनताको समर्थनमा आएको पार्टी बिस्तारै कमजोर भएको भन्दै समीक्षा हुनुपर्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.