अत्तरिया : नेपाली कांग्रेसको कैलाली गोदावरी नगर सभापतिमा रविन्द्र शाही (गुड्डु) निर्वाचित भएका छन् । कांग्रेसको १५ औ महाधिवेशन अन्तरगत बिहिबार भएको नगर अधिवेशनबाट गुड्डु निर्विरोध निर्वाचित भएका हुन् ।
गुड्डु नगरपालिकाको वडा नं. १० का निर्वाचित वडाध्यक्ष पनि हुन् । उनि लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका थिए ।
अधिवेशनबाट गुड्डुको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको महिला उपसभापतिमा मिना जोशी, उपसभापतिमा धन बहादुर खत्री, सचिवमा बम बहादुर बोगटी र सहसचिवमा नवराज ओझा निर्विरोध निर्वाचित भएका छन् ।
समितिमा युवा महिला सदस्यमा सावित्रा भट्ट, युवा खुल्ला सदस्यमा गोपाल प्रसाद चौधरी र शान परियार, दलित महिला सदस्यमा देवी कामी तथा दलित खुल्ला सदस्यमा रमेश बहादुर बिक निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै वडा नं. ९ बाट एक जना र अन्य सबै वडाबाट २२ जना गरी २३ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार वडा नं. १ बाट गौरी मिजार ल्वार र विर बहादुर गैराल, वडा नं. २ बाट भगवती खनाल र जय कडायत, वडा नं. ३ बाट महेश्वरी देवी खत्री र देवेन्द्र राज जोशी, वडा नं. ४ बाट मुकुन्दा कुमारी देउवा मल्ल र मोहन बहादुर बोहरा, वडा नं. ५ बाट तारा भट्ट र बल्देव भट्ट तथा वडा नं. ६ बाट हरिना कुमारी बम र लाल बहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै वडा नं. ७ बाट बिष्ना थापा र इन्द्र देव उपाध्याय, वडा नं. ८ बाट पदमा नेपाली र मृत लाल चौधरी, वडा नं. ९ बाट मान सरोवर देवी राना, वडा नं. १० बाट राधिका देवी ताम्राकार र नेत्र बहादुर सिँह, वडा नं. ११ बाट कलशा बोहरा र केशर बहादुर कुँवर तथा वडा नं. १२ बाट बर्षा कुमारी बिक र धर्म देव ओझा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले २ जनालाई जिल्ला सदस्यका रुपमा निर्वाचित गरेको छ । जसमा खुल्ला सदस्यका रुपमा शिवराज जोशी र महिला सदस्यका रुपमा जानकी पाठक रहेका छन् ।