अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिला सामुदायिक वनमा रुखबाट लडेर मृत फेला परेकी छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतिका अनुसार मृत्यु हुनेमा स्थानीय पार्वती साउद रहेकी छन् । साउद शुक्रबार दिउँसो घाँस काट्न गौरीगंगा–६ स्थित बारवन सामुदायिक वनतर्फ गएकी थिइन् । साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान बिहान करिब ९ बजे फेला परेकी हुन् ।
घटनाबारे वडा अध्यक्षले इलाका प्रहरी कार्यालय चौमालालाई जानकारी गराएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।