कञ्चनपुरमा नालामा डुबेर बेलौरीका एक जनाको मृत्यु

कञ्चनपुर  : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको भङ्गी नालामा डुबेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३९ वर्षीय महेश केसीको भङ्गी नालामा डुबेर मृत्यु भएको हो ।

केसी असोज १० गते रातिदेखि सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यले उनको घरबाट करिब एक सय मिटर पश्चिमतर्फ रहेको भङ्गी नालामा डुबेको हुन सक्ने जानकारी गराएपछि खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीताकुमारी चौधरीको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायव निरीक्षक टेकबहादुर विष्टको कमाण्डमा ११ जना तथा स्थानीय १५–२० जनाको संयुक्त टोलीले खोजी थालेको थियो ।

आइतबार मध्यान्ह १२ बजेदेखि खोज तथा उद्धार कार्य सुरु गरिएकोमा १२ बजेर १५ मिनेटमा नालामा रहेको कल्भर्टबाट करिब ५० मिटर दक्षिणतर्फ केसीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी, बेलौरीमा पठाइएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.