बैतडी : बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।
कार्यपालिका सदस्य वडा सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो ।
सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।