कांग्रेस महाधिवेशन सर्‍यो

धनगढी  : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन दुई दिन पर सारिएको छ। यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा तय भएको महाधिवेशन दुई दिन पर सारेर असोज १८ गते उद्घाटन गरिने भएको हो।

कांग्रेसका कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन असोज १८ गते दिउँसो २ बजे खुलामञ्जमा हुने जानकारी गराएका छन्।

देशमा बिभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेका कारणले महाधिवेशन सार्नु परेको विज्ञप्तिमा जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.