काँग्रेस कैलाली क्षेत्र नम्बर ४ अधिबेशनमा ६९० जनाले गरे मतदान

अत्तरिया  : नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापती र २० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा ६९० मत खसेको छ । कुल ७५७ मतदाता रहेका थिए ।

मंगलबार भएको निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी मैदानमा छन । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न क्षेत्रीय सभापति पदमा विजय बहादुर कुँवर र सूरत बहादुर कार्कीको उम्मेदवारी रहेको छ।

महाधिवेशन प्रतिनिधि महिला खुल्ला तर्फ ईश्वरी कठायत, ईश्वरी रावल, तुलसी देवकोटा, नन्दा बम, मेनका जोशी र ललिता पाठकको उम्मेदवारी रहेको छ।

खुल्ला तर्फ कमल कान्त पन्त, खेम बहादुर साउँद, गोरख बहादुर बिष्ट ९आनन्द०, टिका राम ढुंगाना जैसी, तर्क राज भट्ट, ध्रुवराज भट्टराई, पदम राज भट्ट, पुष्प राज जोशी, प्रकाश बहादुर देउवा, प्रभाकर भण्डारी, वसन्त रोकाया, भेष बहादुर बम, भोज बहादुर बम, राजेन्द्र प्रसाद जोशी, राजेश पाठक, रोशन सिंह, लोक राज पाण्डेय (आगो), विवेक कुमार कठायत, विष्णु प्रसाद भाट र हेम प्रकाश उप्रेतीको उम्मेदवारी रहेको छ।

पेशागत विज्ञ तर्फ टेकराज अवस्थी, टेक कठायत र प्रेम चन्दको उम्मेदवारी रहेको छ। युवा महिला तर्फ भगवती जोशी र रोशनी शाहको उम्मेदवारी रहेको छ।
युवा खुल्ला तर्फ डण्डी राज जोशी, दिपक राज ओझा, बिरेन्द्र खड्का र भुवन महराको उम्मेदवारी रहेको छ। प्रजातन्त्र सेनानी र सहिद परिवार र द्वन्द्व प्रभावित तर्फ विक्रम बहादुर खड्का र राम सिंह ठकुरीको उम्मेदवारी रहेको छ। आदिवासी जनजाति तर्फ प्रेम बहादुर सुर्जा मगर र यज्ञ राज चौधरीको उम्मेदवारी रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.