अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले गोदावरी, खैराना र खुटिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्री शुल्क संकलनका लागि कुल १० करोड २३ लाख ४१ हजार १०२ रुपैयाँमा ठेक्का लगाएको छ।
नगरपालिकाले आह्वान गरेको बोलपत्रमा अधिकतम रकम कबोल गर्ने तीन फर्मलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरेको हो। तीनवटै प्याकेजको न्यूनतम कबोल रकम ८ करोड ३ लाख ४९ हजार ४६७ रुपैयाँ रहेकामा प्रतिस्पर्धाबाट ९ करोड ३० लाख ८२ हजार १०२ रुपैयाँ पुगेको छ।
गोदावरी खोलाका लागि क्रेटिभ कन्स्ट्रक्सन, गोदावरी–२ ले ९७ लाख ५९ हजार ८८० रुपैयाँ कबोल गरेको छ। नगरपालिकाले यसका लागि न्यूनतम १ करोड ५४ लाख २८ हजार ९५७ रुपैयाँ तोकेको थियो।