नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु

अत्तरिया  : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको छ। खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो ।

महाधिवेशन उद्घाटन सत्रमा अहिलेसम्म नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरु कार्यक्रममा पुगिसकेका छन् ।

आजदेखि सुरु भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आएका छन् ।

यस पटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प  : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.