बाजुरामा करेन्ट लागेर एक ५५ बर्षीय पुरुषको मृत्यु

बाजुरा  : बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–२ बल्देका अन्दाजी ५५ वर्षीय धनबहादुर केसी हुन।

आइतबार साँझ घरबाट निस्किएका केसी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा गाउँनजिकैको परिवन सामुदायिक वनभित्र मृत अवस्थामा फेला पारेका थिए।

केसी विद्युत्को केन्द्रीय लाइन विस्तारका क्रममा राखिएको पोलमा करेन्ट लागेर घटनास्थलमै जलेको अवस्थामा मृत फेला परेको आफन्तले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.