कृष्णपुर घर भएकी स्टाफ नर्स सुशिलाको सेती प्रादेशिक अस्पतलामा उपचारका क्रममा निधन

अत्तरिया  : सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत स्टाफ नर्स सुशिला विकको असामयिक निधन भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भएकी सुशीलाको आईतबार असामयिक निधन भएको हो ।

२८ वर्षीया विकको आइतबार अत्यधिक रक्तश्रावका कारण निधन भएको आफन्तले जनाएका छन् । विक प्रसूतिका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् ।
जुम्ल्याहा शिशुलाई जन्म दिने क्रममा एउटा शिशु मृत अवस्थामा जन्मिएको र अर्को शिशु जीवितै जन्मिएको उनका कान्छा ससुरा दीपक वडले जानकारी दिए । शिशु जन्मिएपछि अत्यधिक रक्तश्रावका कारण विकको निधन भएको वडले बताए ।

विक २०७८ जेठ १ गतेदेखि नर्सिङ कर्मचारी सेवा करार कार्यक्रमअन्तर्गत सेती प्रादेशिक अस्पतालमा कार्यरत थिइन् । विकको निधनप्रति सेती प्रादेशिक अस्पतालले समेत शोक वक्तव्य जारी गरेको छ । अस्पतालले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.