अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुष्करदत्त भट्ट विजयी भएका छन् । बुधवार सम्पन्न भएको निर्वाचनमा धर्मराज जोशीलाई ११ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन ।
राप्रपा केन्द्रीय सदस्य समेत रहेका भट्टले १५८ मत पाएका थिए । भने उनका प्रतिस्पर्धी जोशीले १४७ मत पाएका थिए। कुल ३७७ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो ।