सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, बजेट प्रस्तुत गर्दै सरकार

धनगढी  : सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। लामो समयदेखि बजेटविहीन रहेको प्रदेश सरकारले आइतबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्ष २०८३\८४ को बजेट प्रस्तुत गर्दैछ।

बजेट प्रस्तुत गर्नुअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराप्रसाद जोशीका अनुसार आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको थियो। तर ढिलो गरी मात्रै बैठक सुरु भएको हो ।

बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बैठकमा नेपाली कांग्रेसका सांसदहरू भने सहभागी भएका छैनन्। प्रदेश सरकारले लामो समयदेखि रोकिएको बजेट ल्याउन लागेको हो। बजेटसम्बन्धी विवाद अदालतसम्म पुगेपछि बजेट प्रस्तुत गर्ने प्रक्रिया प्रभावित हुँदै आएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.