महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी

काठमाडौं  : नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् ।

खुलातर्फको मतगणनामा पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उदयशमशेर राणाले दुई हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन् ।

अन्य उमेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.