काठमाडौं । नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको आइतबार राति भएको अन्तिम मतपरिणामअनुसार संगौलाले तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।
उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।