प्रधानमन्त्री शाहको निर्देशन : राजनीतिक दबावमा नपरी निष्पक्ष रूपमा काम गर्न प्रहरी अधिकृतलाई आग्रह

काठमाण्डौ  : प्रधानमन्त्री वालेन्द्र साहले प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिएका हुन ।

झन्डै १६ महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री साहले पेशागत मर्यादा र नैतिकतामा जोड दिए । उनले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्ट पारे । नागरिकको जीउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उनको आग्रह छ ।

उनले भने, ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाव वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु । बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नु आवश्यक छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.