अत्तरियामा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अत्तरिया  : अत्तरियामा काँग्रेसको विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गोदावरी नगरकार्य समितिको आयोजनामा कार्यक्रम भएको हो ।

नगरसभापति रविन्द्र शाही (गुड्डु) को सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न वडाका पदाधिकारी, पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गर्नुका साथै गोदावरी नगरपालिका र क्षेत्र नम्बर ४ मा पार्टीलाई आगामी दिनमा कसरी थप सशक्त र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए ।

सहभागीहरूले पार्टी संगठनलाई बलियो बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी एकता र सहकार्य बढाउने तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

चाडपर्वको अवसरमा आयोजना गरिएको कार्यक्रमले पार्टीभित्र आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्नुका साथै संगठनलाई आगामी दिनमा थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

करिब १६० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव बमबहादुर बोगटीले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.