काठमाडौं : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले काठमाण्डूविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको योगफल खडा गरेको हो ।