संघीय सरकारको बजेटमा सुदूरपश्चिममा पुरानै योजनालाई निरन्तरता

अत्तरिया, १५ जेठ : संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेटमा सुदूरपश्चिम प्रदेशमा पुरानै योजनाहरुलाई निरन्तरता दिएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शमाले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेशमा अधुरा रहेका र हरेक वर्ष बजेटमा घोषणा हुने तर, कार्यान्वयन नभएका योजनाहरुले नै निरन्तरता दिएका छन् । प्रदेशमा यस अघिका सरकारले घोषणा गरेको तर, कार्यान्वन नभएको योजनाहरुलाई पनि निरन्तरता दिएको छ ।
कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम यस अघिको सरकारले पनि घोषणा गरेको थियो । तर, कार्यान्वयनमा आउन सकेन् ।
अर्थमन्त्री शर्माले धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने बताएका छन् । ‘विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको छ’ उनले भने । धनगढी विमानस्थल विगतदेखि नै क्षेत्रीय स्तरको विमानका रुपमा स्तरोन्नति गरिनुपर्ने भन्दै माग हुँदै उठ्दै आएको थियो । मन्त्री शर्माले प्रस्तुत गरेको बजेट भाषणमा, ‘टीकापुर र डडेल्धुरामा विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने’ उल्लेख गरेको छ ।
‘कञ्चनपुरको चादँनी दोधारामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने’ मन्त्री शर्माले उल्लेख गरेका छन् । सुख्खा बन्दरगाहका लागि हरेक वर्ष सम्भाव्यता अध्ययनका लागि भनि बजेट भाषणमा घोषणा हुँदै आएपनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन । यस्तै, कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाको योजनाले पनि निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन् । बजेट भाषणमा उल्लेख भए अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा पर्यटकीय स्थलका रुपमा प्रबद्र्धन गरिने छ ।
सबै प्रादेशिक अस्पतालहरुमा निशुल्क डायलाइसिस सेवा प्रदान गरिने उनले छ । मन्त्री शर्माका अनुसार डायलाइसिस सेवा प्रदान गर्न सरकारले आगामी आर्थिक वर्षका लागि डायलाइसिस मेसिन खरिदका लागि २० करोड विनियोजन गरेको छ । प्रदेशको सबैभन्दा चासोका साथ हेरिएको गेटा मेडिकल कलजेलाई सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा सञ्चालन गर्ने उल्लेख गरेका छन । उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने बजेटमा उल्लेख गरेको छ ।
बजेटमा प्रधानमन्त्री देउवा गृह जिल्लामा मेडिकल कलेज शुरु गर्नका लागि बजेट विनियोजन गरिएको बताए । यो पनि आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेटिएको नयाँ योजना हो । धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्र्तराष्ट्रिय स्तरको खेलमैदानका रुपमा स्तरोन्नतीले पनि निरन्तरता दिएको छ । धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको जनाएको छ ।
प्रदेशका हुलाकी राजमार्गका २४ वटा पुल र तीन सय किलोमिटर छ अर्व सात करोड विनियोजन गरेको छ । सरकारले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्न ४१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जनाएको छ । कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे । मोहना लगायत विभिन्न नदी नियन्त्रणका लागि तीन अर्व दुई करोड रकम विनियोजन गरिएको छ । कैलालीको धनगढीको खुटिया नदीमा तटबन्धन गर्न बजेटको व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ । । यस्तै गरी, सीमा क्षेत्र सहरी विकास कार्यक्रम अन्तरगत बेलौरी, दोधरा चाँदनी र पञ्चेश्वरमा पुर्वाधार विकास गरिने जनाएको छ ।
अर्थमन्त्री शर्माले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरेका छन् । ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती–६ जलविद्युत आयोजना निर्माणका लागी प्राविधिक तयारीका साथ निर्माण कार्य अगाडडि बढाइने जनाएको छ ।
। यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उल्लेख गरको छ । बझाङको चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने बजेटमा उल्लेख गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.