धनगढी । कैलालीमा झरनमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दले शनिबार दिउँसो ४ बजेतिर पन्त चुरे गाउँपालिका(५ सुरूगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएको जानकारी दिए ।
उनका अनुसार पन्तको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । अहिलेसम्म पन्तको अवस्था अज्ञात रहेको छ । उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेको बुझिएको प्रहरीले जनाएको छ ।