बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु, कुटपिट गर्ने प्रहरी नियन्त्रणमा

बैतडी : बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका ३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

वडा नं ३ ढुङ्गाबिसौनाकै ४६ वर्षीय पुरन बहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको बताइएको छ । २५ गते राती बोहराले कुटपिट गरी घाइते बनेका पार्कीको सोमबार गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मुत्य भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.