किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

कार्यसमिति अध्यक्षा चयन

अत्तरिया, ३१ साउन- कैलाली को गोदावरी नगरपालिका-२ मा रहेको किसान कृषि सहकारी संस्था लमिटेडको सातौ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष कृष्णा भाट को सभापतित्वमा सम्पन्न भएको साधारण सभामा कैलाली गोदावरी नगरपालिका नगर उप – प्रमूख शारदा देवी रोकाया प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विशिष्ठ अतिथि मा सिटी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समिति संयोजक राजेन्द्र खड्का,इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षेक बासु देव भट्ट र सूर्य लाइफ इन्स्योरेन्स अत्तरिया शाखा कार्यालय प्रमुख नरेश भट्टको उपस्थिति रहेको थियो ।
उक्त साधारण सभा मा प्रमुख अतिथि नगर उप-प्रमुख रोकाया ले किसान कृषि सहकारी भनेकै कृषि लाई पहिलो प्राथमिकता दिदै कृषि लाई अर्गानिक खेती मा निर्भर गर्दै आइरहेको किसान कृषि सहकारी हो भनेर बताइन् । उनले “सहकारी भनेको सहयोग को भावना हो र एक का लागि सबै र सबै का लागि एक सहकारी नै हो बताइन ।
यसैगरी यस सहकारी संस्था कृषि मा आधारित हुनाले कृषि व्यवसायी हरुको लागि कृषिमा आधारित सिपमुलक तालिम प्रदान गरी पशुपालन तथा विभिन्न कृषि क्षेत्रमा व्यवसायी गर्न चाहनेलाई विशेष जोड दिएको रोकाया ले बताइन् । उनले कार्यक्रममा सहकारी स्थापना पछील्लो समयमा सहकारीमा महिलाहरुको आकर्षण झनै बढ्दै गएको उनले बताईन् ।
उनले सहकारीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुकासाथै साहुले लिने चर्को ब्याजबाट समेत मुत्ति दिलाएको बताइन् । कतिपय सहकारी हरुले आफ्नै लगानीमा साना तथा मझौला उद्योग हरु संचालन मा समेत ल्याएको उनले बताइन् ।
जस्तै कैलाली को अत्तरिया मा स्थित जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था ले आफ्नै लगानी मा “सेनेटरि प्याड” उत्पादन गरी वितरण गर्दै आइरहेको बताइन् । सेनेटरि प्याडले गर्दा महिलाहरुलाई विभिन्न घातक रोगहरूबाट यसले बचाउने गर्दछ साथै यस्ता उद्योगहरु ले गर्दा कयौ महिला दिदीबहनीहरुलाई रोजगार समेत प्रदान भइरहेको रोकायाले बताइन् ।
२०७२ साल मा २७ जना शेयर धनी हरु मिलेर स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल १ हजार ६ सय ६६ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०७८/०७९ को आय-व्यय प्रस्तुत गर्दै संस्थाका प्रबंधक सुना रोकाया ले आ.व. २०७८/०७९ मसान्त सम्ममा संस्थाको शेयर पूँजि ४७ लाख ८१ हजार रहेको जानकारी दिईन् ।
यस्तै जगेडा कोषमा २१ लाख ६३ हजार २७५ रुपैँया रहेको जानकारी दिईन् । यसैगरी संस्थाले यस आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३४ लाख ३४ हजार ५४० रुपैयाँ कर्जा तर्फ लगानी गरेको बताइन् । आ.व. २०७८/०७९ मसान्त सम्म संस्थाले ३ करोड ५०लाख ५१ हजार ७सय ९१ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको समेत बताइन ।
साथै यस आर्थिक वर्ष निक्षेपमा २ करोड ४३ लाख ५८ हजार ६७० रुपैयाँ बचत संकलन रहेको प्रबन्धक रोकायाले बताइन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा गत वर्ष को जस्तो नाफा आर्जन गर्न नसकेनी यस वर्ष सम्पूणर् खर्च कटाई ७ हजार ७ सय ५ रकम खुद नाफा आर्जन गरेको बताइन् ।
प्रबंधक रोकायाले किसान कृषि सहकारी संस्था मुनाफा आर्जन गर्न का लागि नभई संस्थाका शेयर सदस्यहरूलाई कृषि क्षेत्र तर्फ आकर्षित गर्दै अर्गानिक खेती गरी विसादिमुक्त बनाई आर्थिक अवस्था सुधार मा जोड दिँदै आइरहेको बताइन् । यस संस्थाले बिना सेवा शुल्क सहज तरिकाले ऋण प्रदान गर्दै आइरहेको समेत उनले बताइन । उक्त कार्यक्रममा यस संस्थामा कार्यरत ६ जना कर्मचारी हरुलाई संस्थाको सातौ साधारण सभाको अवसरमा संस्था की अध्यक्ष कृष्णा भाट तथा प्रमुख अतिथि गोदावरी नगर उप-प्रमुख शारदा देवी रोकाया ज्यू ले प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।
साथै संस्थाको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक टंक प्रसाद जोशी ले गरे संगै स्वागत मन्तब्य यस संस्था की उपाध्यक्ष उर्मिला बोगटी गरेका थिए र कार्यक्रम संचालक शारदा फुलारा ले गरेकी थिइन् ।
नयाँ कार्य समिति चयन ः संस्थाको सातौ वार्षिक साधारण सभाबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा राधा बिष्ट कुँवर चयन भए संगै सभाको बन्दसत्रले राधा बिष्ट कुँवर को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा शान्ति देवी वि.क चयन भएकी छन भने सचिवमा खिमा भाट र कोषाध्यक्षमा पशुपति भट्ट चयन भएका छन ।
यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा चाँदनी बोगटी, डम्मरी देवी देउवा, कुन्ती देवी भाट, रूकमणी पनेरु, कृष्णा महरा, सुमती वि.क र कलापती भट्ट चयन भएका छन् । साधारण सभाले लेखा सुपरिवेक्षक समितिको संयोजक मा टंक प्रसाद जोशी तथा सदस्यमा शान्ता पन्त फुलारा र ज्ञानु प्रसाद तिवारी चयन गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.