कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि

धनगढी : कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो। दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिए।

शाखा प्रमुख जोशीका अनुसार बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ। वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन थालिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.