अत्तरिया : कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उनले यस प्रकारका पराम्परागत खेलहरुको संरक्षण गर्न आवश्यक रहेको बताए ।
कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा हुने प्रतियोगिताका भोली बिहिबार सम्म जारी रहुने छ । धनगढी रङशालामा जारी फेन्सिङ । सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७७ जना खेलाडी सहभागी भएका छन् ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका हात पारेका थिए । कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनकै सक्रियतामा सो प्रतियोगिता भएको हो । धनगढीलाई फेन्सिङको हव बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।
युरोपबाट भित्रिएको सो खेलमा शाही विभिन्न देशका प्रतियोगितामा सहभागी भईसेकका छन । उनका अनुसार २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइने छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल समेत हुनेछन् ।
इपी खेलमा शरिरभरी जुनसुकै भागमा ७.५ ग्रामको भार पुगेपछि अंक पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिइने गरिन्छ । ती दुईवटै खेलको समयअवधी तीन मिनेटको हुन्छ । खेलाडीले तीन मिनेटमा पाँच अंक पाउनका लागि तीन मिनेट खेल खेल्ने गर्छन ।
प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य सहयोगी गरेको छ । प्रतियोगिताको पहिलो हुनुहुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् ।

संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिएका हुन ।