पिएफए भेट्रान कप क्रिकेट प्रतियोगीता : एभरेष्ट अनविटन वारियर विजयी

अत्तरिया : पिएफए भेट्रान कप क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्ले फर अत्तरिया (पिएफए) स्पोर्ट क्लवको आयोजनामा बिहिबारदेखी प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्टले कार्यक्रकमको उद्घाटन गरे । उनले विकासलाई सडक तथा भौतिक निर्माणको विस्तारका रुपमा मात्रै नहेरी खेलकुद लगायतका अन्य विभिन्न व्यक्तित्व विकास गर्ने कुराहरुका रुपमा पनि लिईनुपर्ने बताए । उनले खेलाडीहरुले गोदावरी नगरक्षेत्रको पहिचान र अस्तित्व माथि उकास्ने कार्य गर्ने आफुले विश्वास लिएको समेत बताए । त्यसका साथै उनले नगरका तर्फबाट खेलकुदका क्षेत्रमा गर्नुपर्ने क्रियाकलाप र सहयोगहरुमा आफु सदैव कटिबद्ध रहेको बताए ।
क्लबका अध्यक्ष गणेश भण्डारीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी बहुुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डम्बरबहादुर पाल, जिल्ला खेलकुद समिति डोटीका अध्यक्ष प्रकाश शाही र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिँह रहेका थिए । प्रतियोगीता यही वैशाख ९ गतेसम्स सञ्चालन हुने आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा एभरेष्ट अनविटन वारियर विजयी भएको छ । पिएफए किङ्गस्लाई ९ विकेटले पराजित गर्दै एभरेष्टले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटिङ रोजेको पिएफएले १० ओभरमा सबै विकेट गुमाउदै ५६ रन बनाएको थियो । पिएफएका तर्फबाट कुनै पनि खेलाडीले सन्तोषजनक रन बनाउन सकेका थिएनन् । ५७ रनको विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको एभरेष्टले ६ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । एभरेष्टका खेलाडी दिपक पालले २७ रन बनाए भने सुरेश खड्काले २२ रन बनाए । खेलमा २७ रन सहित १ विकेट लिएका पाल म्यान अफ द म्याच चुनिए । प्रतियोगीता अन्र्तगत भोली दुई ओटा खेल हुने प्रतियोगीता संयोजक शिवराज भट्टराईले बताए । प्रतियोगीताको विजयी टिमले नगद ५० हजार तथा द्धितिय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगीता संयोजक भट्टराईले जानकारी दिए । त्यसका साथै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरलाई नगद ५÷५ हजार प्रदान गरिने उनले बताए ।
३२ वर्षभन्दा माथी उमेर समुहका खेलाडीले मात्रै सहभाग्तिा जनाउन पाउने प्रतियोगितामा कैलाली कञ्चनपुरका ७ वटा टिमको सहभागीता रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.