सन्दीपले बनाए सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान By अग्नी समाचार On २०८० बैशाख ८, शुक्रबार ०८:३५ काठमाडौं : नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।