काठमाडौं : एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन कटाएको छ । श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध दुई सय रन पुरा नेपालले बनाउँदा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।
शेखले आठ चौकाको मद्दतम ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्रसिं ऐरी २९ र गुल्शन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।
सम्बन्धित पाेस्टहरु