आईसीसी महिला टी २० विश्वकप एशिया छनोटमा नेपाल थाइल्यान्डसँग खेल्ने

काठमाण्डौँ, २० भदौ : आईसीसी महिला टी २० विश्वकप एशिया छनोटमा नेपाल शुक्रवार थाइल्यान्डसँग खेल्ने भएको छ । शुक्रबार हुने थाइल्यान्डसँगको खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ ।
समूह ’बी’ को अन्तिम खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्यान्डले नेपालसँगको भेट पक्का गरेको हो । नेपाल समूह ’ए’ को उपविजेता हो । बुधबार नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग खेल्ने तय थियो । तर, वर्षको कारण खेल रद्द भएपछि नेपाल उपविजेता बनेको हो। यूएई र नेपालले समूह चरणमा समान ९ अंक जोडेका थिए । तर, यूएई रनरेटको आधारमा अगाडि रह्यो । यूएईको रनरेट +३.३३९ रह्यो। नेपालको भने +२.१८४ रह्यो ।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा भुटानलाई ३ विकेटले पराजित ग¥यो । चौथो खेलमा कतारमाथि ९ विकेटको जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। सन् २०२१ मा भएको छनोटमा नेपाल तेस्रो भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.