धनगढीको नवजीवन अस्पताललाई सुत्केरीबाट शुल्क नलिन उपमहानगरको निर्देशन

अत्तरिया : धनगढी उपमहानगरपालिकाले नवजीवन अस्पताल प्रालिलाई आमा सुरक्षा कार्यक्रमको पूर्ण पालना गर्न आग्रह गरेको छ। मङ्गलवार उपमहानगरपालिकाले अस्पताललाई पत्र लेख्दै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८ को पालना गर्न सचेत गराएको हो।

नवजीवन अस्पतालले सेवाग्राही महिलाबाट प्रयोगशाला जाँच, औषधी, उपकरण र सामानको शुल्क लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्देशिका अनुसार आमा तथा नवजात शिशु उपचार सेवा निःशुल्क गर्न भन्दै मङ्गलवार पत्र काटेको हो।

उपमहानगरले लक्षित सेवा लिन आउने सेवाग्राहीबाट तोकिएको सेवा प्रदान गरे बाफत शुल्क लिएमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, २०७८ को दफा १५ को ९२० बमोजिम कारबाही गरिने समेत जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.