अत्तरिया : लिटल फ्लावर प्रियिर लिग आठौं संस्करणको पहिलो खेला आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुल र सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) बिच भएको खेलमा आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले जित हात परेको छ ।
टच जितेर पहिले व्याटिङ राजेर आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले १ सय ३६ रनको सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) पाएको थियो । एसपिएले १६ ओभर खेल्दै ५१ रनमा अलआउट भएको हो । आयोजक लिटल फ्लावरले ८४ रनले जित हाँसिल गरेको हो । लिटल फ्लावर बोर्डिङहाईस्कुलका कप्तान कृष्ण कार्कीले ६५ रन आफ्नो खातामा जोडेका थिए ।
एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ : अध्यक्ष चन्द
लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन ।
चन्दले लिटल फ्लावर प्रियिर लिग आठौं संस्करणको उद्घाटमा मन्तव्य राख्दै यस्तो बताएका हुन । अर्जुन साउँद, सन्दीप जोरा, नारायण जोशी, खड्क बोहरा, दिपक बोहरा (जुनियर) र दिपक बोहरा (सिनियर) लगायत खेलाडीहरुले एलपिएलबाट नै नेपाली क्रिकेट टोलीमा समाबेश भएका थिए ।
सुदूरपश्चिममा धेरै सम्भावना भएका खेलाडीहरु छन । तर, उहाँहरुले आफ्नो प्रतिभा देखाउन पाएका छैन । अब का दिनमा सुदूरपश्चिमबाट कसरी खेलाडीहरु उत्पादन गर्ने भनेर आफु लागी परेको अध्यक्ष शाहीले बताए । फाप्ला क्रिकेट मैदानको कुरा चलेको धेरै भयो अब त बन्छ कि भन्ने आशा पलाएको उनले बताए ।
सम्बन्धित पाेस्टहरु