फारवेष्ट पशुपति कपः स्टार सिटी र आयोजक फारवेष्ट सेमिफाईनलमा

धनगढी : स्टार सिटी युवा क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको पाचौं दिन भएका दुई क्वाटरफाईनल खेलमा जित हात पार्दै स्टार सिटी र आयोजक फारवेष्ट सेमिफाईनलमा पुगेका हुन् ।
धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा स्टार सिटी युवा क्लबले घोडाघोडी युवा क्लब सुख्खडलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेको छ । स्टार सिटीका लागि क्षितिज भण्डारीले एक मात्रै निर्णायक गोल गरे । दोस्रो हाफको ७ मिनेटमा पाईएको पेनाल्टीलाई क्षितिजले गोल गरे । निर्णायक उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।
धनगढी रंगशालामा भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लब विजयी हुदैं सेमिफाईनल पुगेको छ । पहिलो खेलमा वाई पाएको फारवेष्ट पशुपतिले पुर्नवास युनाईटेडलाई सडन डेथमा ८–७ ले हराएको हो । निर्धारित समय दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । फारवेष्टको जितमा गोलरक्षक लोकेश चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पुर्नवास युनाईटेडका दुई खेलाडीको प्रहार बचाए । उनी नै खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार दुई वटा क्वाटरफाईनलका खेल हुनेछन । तेस्रो क्वाटरफाईनलमा सुदूरपश्चिम ११ स्पोर्टस क्लब र बिएस १५ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वाटरफाईनलमा इलाईट युवा क्लब र नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश खेल्नेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.