धनगढीको विद्याभूषण जुनियर कप च्याम्पियन

अत्तरिया : विद्याभूषण स्कुलले स्टेपिङ स्टोन जुनियर कपको उपाधि जितेको छ । फाइनलमा डिस्कोभरी स्कुललाई ३९ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन बनेको हो । विजेता विद्याभूषणले ट्रफीसहित ३० हजार नगद पुरस्कार पायो भने उपविजेता डिस्कोभरीले १५ हजार पायो ।

टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका नबिन शाहले ३० रन जोडे । डिस्कोभरीका अनुपराज गिरीले २ विकेट लिए । जवाफी ब्याटिङमा डिस्कोभरीले १४ ओभरमा सबै विकेट गुमाएर ४४ रनमात्रै जोड्न सक्यो । प्रतियोगिताको प्लेयर अफ द सिरिज डिस्कोभरी स्कुलका गौरव खड्का चुनिए । यस्तै बेस्ट ब्याट्सम्यान सन्देश गिरी र बेष्ट बलर लोचन खनाल चुनिए ।
सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति पाए । उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति पाए । उदयीमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाए । धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्टेपिङ स्टोन इंग्लिस स्कुल रहेको थियो ।

त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.