अत्तरिया, २९ पुस : गोदावरी नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ सिल्डको उपाधि गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले हात पारेको छ । रनिङ सिल्ड प्रतियोगिताको उपाधि गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले हात पारेको हो । उपाधि हात पारेको दुर्गा लक्ष्मी विद्यालयले प्रतियगितामा विभिन्न विधामा खेलाईएको खेलहरुमध्येमा सबै भन्दा बढी स्वर्ण पदक हात पारी उपाधि जितेको हो । जस मध्ये दुर्गालक्ष्मी विद्यालयले सबै भन्दा बढी स्वर्ण १३, रजत १७ र १६ कास्य हात पारेको छ । त्यस्तै १२ स्वर्ण, ७ कास्य र ११ रजत सहित तेघरीको सैनिक आवासीय महाविद्यालयले दोस्रो स्थान हात पारेको छ । यस्तै ६ स्वर्ण, २ कास्य र १ रजत सहित हरैयाको दुर्गा भवानी माध्यमिक विद्यालयले तृतीय स्थान हात परेको छ ।
गोदावरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगिताको आईतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख अतिथिमा समापन गरिएको हो । रनिङ सिल्डमा भलिबल,कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइएको थियो ।
नगर स्तरीय प्रतियोगितामा नगर भित्रका विद्यालयहरू मध्ये सामुदायिक १ र सं२स्थागत २१ गरी जम्मा ४२ विद्यालयहरु सहभागी भएका थिए । नगर स्तरीय राष्ट्रपति रनिङ्सिल्ड प्रतियोगिता गोदावरी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालय भएको हो । नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ६३ स्वर्ण, ७५ कास्य र ५९ सिल्भर गरी जम्मा १९७ पदक प्रतिस्पर्धा भएको थियो ।
समापन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न खेलसँग सम्बन्धित पदाधिकारी, रनिङ सिल्डमा सहभागी विद्यालयका प्राधानाध्यापकहरु रहेका थिए ।