धनगढीमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सरस्वती मावि मनेहराले जित्यो

धनगढी : धनगढी उपमहानगरपालिकास्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले हात पारेको छ ।

प्रतियोगितामा १२ स्वर्ण सहित १२ रजत र ८ कास्य गरी ५७ पदक जितेर सरस्वती माविले उपाधि हात पारेको हो । प्रतियोगितामा त्रिनगर माध्यमि विद्यालय दोस्रो र एक्सिस विद्याश्रम हसनपुर तेस्रो स्थान हासिल गरेका छन् । त्रिनगरले ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदक जितेको छ । एक्सिस विद्याश्रमले ८ स्वर्ण, २ रजत ३ कास्य गरी १३ पदक जितेर तेस्रो स्थान हासिल गरेको हो ।

धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन कार्यक्रम गरिएको थियो । नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २५ सामुदायिक र १२ संस्थागत गरी ३७ विद्यालयको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.