अत्तरिया : नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।