अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई विदाई गरेको छ । बिहिबार एक कार्यक्रमका बीच नगरप्रखुम बिरेन्द्र भट्टले बिदाई गरेका हुन । १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय प्रतियोगिता खेल्ने खेलाडीहरूलाई बिदाई गरेको हो।
आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका १२९ जना खेलाडीहरु सहभागिता रहने जानकारी गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । पुष २७ गते देखि २९ गते गोदावरीको सरस्वती मावि गेटामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमाबाट छनौट भएका विभिन्न विधामा खेलाडीहरुलाई छनौट भएर आज एक अनौपचारिक कार्यक्रमबाट खालाडीलाई जर्सी र पालिकाको लोगो अंकित ब्यानर खेलसंयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको थियो ।
बिदाई कार्यकममा नगर प्रमुख बिरेन्द्र भट्टले विद्यार्थीको भविश्यसँग जोडिएको खेलकुदमा अनुसाशित भएर खेलमा आफ्नो कला प्रदर्शन गर्नु, गत बर्ष भन्दा राम्रो खेल प्रदर्शन गर्नुहोला र गोदावरीको नाम र मेडल जित्न समेत शुभकामना ब्यक्त गरेका थिए ।