कञ्चनपुरमा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमदत्त नगरपालिकालाई

अत्तरिया : कञ्चनपुर जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ । शनिबार कृष्णपुरमा सम्पन्न १४ औं जिल्ला स्तरिय प्रतियोगितामा १९ स्वर्ण, १२ रजत र १३ कास्य गरी ४४ पदक सहित भीमदत्तले उपाधि जितेको हो ।

प्रतियोगितामा शुक्लाफाँटाले दोस्रो स्थान हासिल गरेको छ । शुक्लाफाँटाले १२ स्वर्ण, १० राजत र ५ कास्य गरी २७ पदक जितेको छ । ८ स्वर्ण ३ रजत र १० कास्य गरी २१ पदक सहित कृष्णपुर नगरपालिका तेस्रो भएको छ । १८२ पदकका लागि भएको प्रतियोगितामा दोधाराचाँदनी नगरपालिका ६ स्वर्ण, ४ रजत र ७ कास्य सहित चौथो, पुनर्वास नगरपालिका ३ स्वर्ण, ५ रजत र ८ कास्य सहित पाँचौ, बेदकोट नगरपालिका २ स्वर्ण, ११ रजत र १५ कास्य सहित छटौं, बेलौरी नगरपालिका २ स्वर्ण, ३ रजत र १३ कास्य सहित सातौं, बेलडाँडी गाउँपालिका ३ रतज र ५ कास्य सहित आठौं र लालझाडी गाउँपालिका १ रजत र २ कास्य सहित नवौ भएका छन ।

कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजना र कृष्णपुर नगरपालिकाको सह–आयोजना तथा व्यवस्थापनमा माघ २७ गते देखि प्रतियोगिता सुरु भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.