डडेल्धुरा : डडेल्धुरामा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्। घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन।
तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतबार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए।
उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशङ्का मानेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।