अत्तरिया : धनगढीमा भएको श्री कलेज म्यानेज्मेन्ट अफ धनगढी कप फुटवल प्रतियोगिताको उपाधी अत्तरियाको होलिल्याण्ड एकेडेमीले जितेको छ । धनगढी रगंशालामा विहिबार भएको फाइनल खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै होलिल्याण्ड प्रतियोगिताको उपाधी जित्न सफल भएको हो । गोल रहित बराबरीमा सकिएको पहिलो हाफ निकै कडा प्रतिस्प्रधात्मक रह्यो । दोश्रो हाफको २ मिनेटमै होलिल्याण्डका कप्तान मिलन बोहराले गोल गर्न सफल भए । बोहराकै गोलले होलिल्याण्ड एकेडेमीलाई उपाधी जिताउन सफल भयो । होलिल्याण्डका बिरुद्ध सुदूरपश्चिमाञ्चल एकेडेमीले निकै प्रयास गरेपनि गोल फर्काउन सकेन । खेलको म्यान अफ द म्याच होलिल्याण्डका कप्तान मिलन बोहरा बने । उपाधी संगै होलिल्याण्डले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
यस्तै उप बिजेतामा चित्त बुझाएको सुदूरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमाञ्चल एकेडेमीका सन्दिप सिहं बनेका छन् । उनले नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ठ गोलकर्ता होलिल्याण्डका मिलन बोहरा बने । उनले प्रतियोगिता भरी सर्वाधिक ५ गोल हानेका थिए । प्रतियोगिताको उत्कृष्ठ गोल रक्षक होलिल्याण्कै ओम कामी बन्दा राइजिङ प्लेयर लिटल फ्लावर बोर्डिङ स्कुलका सफल तामाङ बने । उनिहरुले क्रमस १÷१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
लिटल फ्लावर स्पोट्स क्लवको आयोजनामा भएको फुटवल प्रतियोगितामा कैलालीका १० बिद्यालय सहभागी थिए । समापन कार्यक्रमका बिच प्रतियोगिताको बिजेता तथा उप बिजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिहंले लिटल फ्लावर स्पोट्स क्लवले यहाँको क्रिकेट तथा फुटवल बिकासमा महत्वपूर्ण योगदान दिएको बताए । लिटल फ्लावर स्पोट्स क्लवका अध्यक्ष रामचन्द्र शाहीले श्री कलेज अफ म्यानेज्मेन्ट धनगढी कप फुटवल प्रतियोगिता आगामी बर्षपनि निरन्तर सञ्चालन हुने घोषणा गरे । उनले सबै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सहयोगको अपेक्षा लिए ।
सम्बन्धित पाेस्टहरु