नेदरल्याण्ड्सँग नेपाल ४ विकेटले पराजित

अत्तरिया : नेपाल घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चुकेको छ । मंगलबार भएको फाइनल खेलमा नेदरल्याण्ड्सँग ४ विकेटले पराजित भएसँगै नेपाल सिरिज जित्न चुकेको हो । नेपालले सिरिजमा फाइनलसहित पाँच खेल खेल्यो । जसमा तीनमा हार तथा दुई खेल मात्र जित्यो ।
पाहुना टिम नेदरल्याण्ड्सले भने पाँचमध्ये चारमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो । फाइनलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।
उसका लागि माइकल लेभिटले ५४, साइब्रान्ड एंगलब्रेच्टले ४८, विक्रमजित सिंहले २९ र टिम भ्यान डर गुग्टेनले अविजित २१ रन बनाए । नेपालका लागि कुशल मल्लले चार, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका लागि आसिफ शेखले ३७ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे । नेदरल्याण्ड्सका लागि माइकल लेभिट, साइब्रान्ड एंगलब्रेच्ट, फ्रेद क्लासेन र टिमभानडर गुग्टेनले दुई\दुई विकेट लिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.