धनगढीमा भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

धनगढी, २८ फागुन : धनगढीमा अनुपमा कर्पोरेट लिग भेट्रान कप क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत्र ३ गतेदेखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित चन्द्र सुर्य खेल मैदानमा भेट्रान कप आयोजना गरिने भएको हो ।
धनगढी पुरानो भन्सार रोडमा रहेको अनुपमा बेकरी एण्ड क्याफेको आयोजनामा होली पर्वको अवसरमा ३३ बर्ष पुगेका खेलाडीलाई सहभागि गराउने गरि प्रतियोगिता आयोजना भइरहेको सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । पत्रकार संम्मेलका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले क्रिकेटमा नीजी क्षेत्रबाट भइरहेको प्रयास सर्हानिय रहेको बताएका छन् । खेलका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योददान दिनुपर्ने बताए । प्रतियोगिताको विजेतालाई नगद रु ५० हजार र उपविजेताले २५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक तथा अनुपमा बेकरीका सञ्चालक दिनेश पन्तले बताए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १० हजार, उत्कृष्ट व्याटर र बलरलाई जनही ५ हजार प्रदान गरिने छ । भने प्रतियोगितामा आर्कषण रुपमा ६ बलमा ६ छक्का प्रकार गर्ने खेलाडीलाई रु ६ हजार, ६ बलमा ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार र ह्याट्रिक लिने बलरलाई ३ हजार पुरस्कार दिइने उनले बताएका छन् ।
२०४७ साल सम्मको नागरिकता भएका खेलाडीले मात्र खेल्न पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ वटा टिमहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । भने प्रतियोगितामा सहभागिताको लागि १२ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको छ । अनुपमा बेकरीको मूख्य प्रायोजन रहेको भेट्रान कप क्रिकेट केही पुर्व खेलाडीहरुको समूहले व्यक्तिगत लगानीमा सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.