धनगढीमा भेट्रान कप क्रिकेट प्रतियोगिता सुरु

धनगढी : धनगढीमा अनुपमा कर्पोरेट लिग भेट्रान कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। शनिबार देखि यहि चैत ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित चन्द्र सुर्य खेल मैदानमा भेट्रान कप आयोजना गरिएको हो।

धनगढी पुरानो भन्सार रोडमा रहेको अनुपमा बेकरी एण्ड क्याफेको आयोजनामा होली पर्वको अवसरमा ३३ बर्ष पुगेका खेलाडीलाई सहभागि गराउने गरि प्रतियोगिता सुरु गरएिको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले क्रिकेटमा जिजी क्षेत्रबाट भइरहेको प्रयास सह्रानीय रहेको बताए । खेलका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योददान दिनुपर्ने उनले बताए । प्रतियोगिताको विजेतालाई नगद रु ५० हजार र उपविजेताले २५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक तथा अनुपमा बेकरीका सञ्चालक दिनेश पन्तले बताएका छन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १० हजार,उत्कृष्ट व्याटर र बलरलाई जनही ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा आर्कषण रुपमा ६ बलमा ६ छक्का प्रकार गर्ने खेलाडीलाई रु ६ हजार,६ बलमा ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार र ह्याट्रिक लिने बलरलाई ३ हजार पुरस्कार दिइने उनले बताएका छन्। अनुपमा बेकरीको मूख्य प्रायोजन रहेको भेट्रान कप क्रिकेट केही पुर्व खेलाडीहरुको समुहले व्यक्तिगत लगानीमा संचालन गर्न गइरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.