अत्तरिया, १८ जेठ : कैलालीको गोदावरी नगरपालिकाले जेष्ठ नागरिकहरुको भवनमा भौतिक सामग्री सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगर प्रवक्ता गोपालदत्त भट्टको प्रमुख आतिथ्यमा महिला तथा बालबालिका शाखाले सामाग्री हस्तान्तरण गरेको हो ।
महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी धामी खत्रीका अनुसार जेष्ठ नागरिकहरुको भवनमा माग भए बमोजिम ३ लाख बढीको सामग्री खरिद गरी सोफा, प्लाष्टिक कुर्सी ५० थान, रोष्टम, साउन्ड बक्स हाते माइक सहित, झोला २१ ओटा, कुसुम सय पिस हस्तान्तरण गरेको हो ।
नगर प्रवक्ता गोपालदत्त भट्टले जेष्ठ नागरिकलाई हस्तान्तरण गरेका हुन ।
सामग्री वितरण कार्यक्रममा नगर पप्रवक्ता भट्टले यस क्षेत्रमा रहेका थुप्रै जेष्ठनागरिकहरुको समय बेतित गर्ने थलोको रुपमा रहेको भवनमा सहयोग गर्न पाउदा हर्षित भएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता गरे । साथै जेष्ठ नागरिक भनेका देउता सम्मान भएकोले सबैले आ–आफ्ना बुवा आमालाई माया ममता प्रदान गर्न समेत आग्रह गरे ।
सामग्री वितरण कार्यक्रममा महिला शाखाकी प्रेमा बडु, स्थानीय भोजराज भट्ट, जेष्ठ नागरिक समाजका अध्यक्ष चित्रकुमार भट्ट, नन्दलाल जोशी, लगायतको उपस्थिति रहेको थियो ।