केआइसिंह राजमार्ग अबरुद्ध

अत्तरिया : लगातारको बर्षाका कारण पहिरो आउदा डडेल्धुरा-डोटी सडक अबरुद्ध भएको छ । डडेल्धुराको गन्यापधुरा गाउपालिकाको वडा नम्बर २ रडुवा र ३ पुलाउ खोला, खडाखोला लगायत आधा दर्जन स्थानमा पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पहिरोका कारण केआइसिंह राजमार्गको डडेल्धुरा-डोटी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा दर्जन बढी सवारीसाधन बाटोमा अलपत्र परेका छन । अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.