अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ अत्तरिययाको ‘सिवाईसी’ क्लबबाट अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता खेलमा सहभागी भई क्लवलाई जीत हासिल गराउने खेलाडीहरूलाई सम्मान गरिएको छ ।
मंगलबार क्लवले आफ्नै खेलमैदानको भवनमा खेलाडीहरूलाई खादा ओढाएर सम्मान गरेको हो । सम्मान तथा विजयी उत्सव समारोहमा ‘सिवाईसी’ क्लब अत्तरियाका अध्यक्ष नरबहादुर राईले अत्तरियामा क्रिकेटको विकासका लागि निरन्तर प्रयास भइरहेको बताए । उनले अर्जुन ट्रफी सहित राष्ट्रिय स्तरका विभिन्न विजयी ट्रफीहरू जितेको उल्लेख गर्दै भविष्यमा पनि खेलाडीहरूलाई सहभागी हुने अवसर प्रदान गरिने बताए ।
सिवाईसी अत्तरियाले यस अघि सञ्चालित डीपीएल, डीसीएल हुँदै अर्जुन ट्रफी समेत उपाधि जितेको हो । विजयी ट्रफी सिवाईसी अत्तरिया स्कूल अफ क्रिकेट एकेडेमीमा राखिएको छ ।
सम्बन्धित पाेस्टहरु